काठमाडौं ।
हिजो बुधवार छुटेका ३१ जना यात्रुलाई नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आज बिहीवार पुर्याउने भएको छ । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर दुबई जाने क्रममा छुटेका ३१ यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै निगमले आज वैकल्पिक उडानबाट सबै यात्रुलाई गन्तव्यमा पुर्याउने प्रबन्ध मिलाइएको जानकारी गराएको हो ।
निगमले गए राति प्रधानमन्त्री प्रचण्डलाई लिएर दुबई जाने क्रममा ३१ जना यात्रु छुटेका थिए । छुटेका यात्रुलाई निगमले होटलमा राखेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??