spot_img
spot_img
spot_img

भारतको गुजरातमा नक्कली सिरप खाँदा ५ जनाको मृत्यु

spot_img

एजेन्सी ।

पश्चिमी भारतको गुजरात राज्यमा नक्कली (पेय) सिरप सेवन गर्दा विगत दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना अस्पताल भर्ना भएका छन्। प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लामा भएको हो।

प्रहरीका अनुसार उक्त सिरपमा मिथाइल अल्कोहल रहेको पाइएको थियो । ‘पछिल्ला दुई दिनमा सिरप खाँदा पाँच जनाको ज्यान गएको छ भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ,’ वरिष्ठ प्रहरी अधिकृत राजेश गढियाले सञ्चारमाध्यमलाई बताएका छन् । एक गाउँलेको रगत नमुना रिपोर्टले सिरपमा मिथाइल अल्कोहल रहेको पुष्टि गरेको उनको दाबी छ ।

प्रहरीले अनुसन्धानका क्रममा पसलेसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको बिलोदरा गाउँको एउटा पसलमा सिरप सहजै बिक्री हुने गरेको पाइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पसलले करिब ५० जनालाई नक्कली सिरप बेचेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img