काठमाण्डाै ।
डाक्टरको प्रेस्किप्सनविना औषधि बिक्री–वितरण नगर्न औषधि व्यवस्था विभागले चेतावनी दिएको छ । विभागले औषधि ऐन २०३५ को दफा (१७) को उपदफा २ मा चिकित्सकको प्रेस्क्रिप्सनविना बिक्रीवितरण गर्न नहुने भनी उल्लेख गरिएअनुसार समूह ‘क’ र समूह ‘ख’ का सूचीमा रहेका औषधिहरु बिक्री नगर्न भनेको हो ।
औषधि पसलको निरीक्षणको क्रममा यस्ता औषधि विना प्रेस्क्रिप्सन नै बिक्री–वितरण भएको पाइएको विभागले जनाएको छ । ऐनमा उल्लेख भएविपरीत त्यस्ता औषधि बिक्री गरेको पाइए कारबाही हुने विभागले चेतावनी दिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??