spot_img
spot_img
spot_img

अमला खानुका फाईदै फाईदा!

spot_img

काठमाडौँ । अमला औषधीय गुणले भरिपूर्ण हुन्छ । यो स्वास्थ्यका लागि वरदानभन्दा कम होइन । यसमा भिटामिन सी र अन्य पोषक तत्व प्रशस्त मात्रामा पाइन्छ। यसको सेवनले स्वास्थ्यसम्बन्धी धेरै समस्याबाट बच्न सकिन्छ ।

अमलामा एन्टिअक्सिडेन्ट गुण पाइने पाइन्छ । यसका साथै यसमा क्यान्सर प्रतिरोधी गुण पनि हुन्छ । एक अनुसन्धान अनुसार अमलाले क्यान्सर कोशिकाको वृद्धिलाई रोक्ने पनि देखाएको छ। पेट खराब भएमा अमलाको सेवन निकै फाइदाजनक हुन्छ । अमलालाई क्रोमियमको राम्रो स्रोत मानिन्छ। साथै, अमलाले छालासँगै कपाललाई चम्किलो र बलियो बनाउने काम गर्छ।

अमला मधुमेहका बिरामीका लागि पनि निकै फाइदाजनक हुन्छ । चिसो मौसममा यसको सेवन गर्नाले रुघाखोकीबाट पनि बच्न सकिन्छ । आमलामा प्रचुर मात्रामा क्याल्सियम हुन्छ । यही कारणले गर्दा अमलाले हड्डीलाई मजबुत बनाउन पनि काम गर्छ र यसमा पाइने पोटासियमले मांसपेशी बलियो बनाउन पनि प्रभावकारी हुन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img