spot_img
spot_img
spot_img

पाल्पामा पहिलो पटक सुन्तला महोत्सव

spot_img

पाल्पा ।

पाल्पामा पहिलो पटक आज एक दिने सुन्तला महोत्सवको आयोजना गरिएको छ ।

सुन्तलाको बजार प्रवर्द्धन र सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको आयोजक रिब्दिकोट गाउँपालिका–७ वडा कार्यालय, पालुङ्मैनादीले जनाएको छ ।

मेलाको  व्यवस्थापन तथा समन्वय गरिरहेको मैनादी कृषि सहकारी संस्थाका अनुसार प्रभात माविको प्राङ्गणमा आयोजना गरिएको सुन्तला महोत्सवमा सुन्तलाका स्टल, विभिन्न जातका सुन्तलाका बिरुवा तथा आवश्यक यन्त्र उपकरणको प्रदर्शन, नि:शुल्क माटो परीक्षण, नमुना सुन्तला बगैँचा अवलोकन, सुन्तलाको जुस, जाम, सलाद प्रदर्शन गरिएको छ ।

मेलामा सुन्तला खाने प्रतियोगिता, कृषि पर्यटनको नमुना टोल प्रर्दशन, पहिलो व्यावसायिक खेती गर्ने किसान सम्मान लगायतका कार्यक्रम रहने आयोजकले जनाएकाे छ । पाल्पामा पछिल्लो समय अन्य खेती छाडेर पनि किसानहरु सुन्तला खेतीतर्फ किसान आकर्षित हुँदै गएका छन् ।

पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका किसानले सुन्तला उत्पादनबाट वार्षिक एक लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन ।  पाल्पामा उत्पादन भएको सुन्तला बुटवल, भैरहवा, पोखरा, काठमाण्डौ, जनकपुरलगायका ठाउँमा निर्यात  हुँदै  आएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img