spot_img
spot_img
spot_img

प्याब्सन देवदहको पाँचौं साधारण सभा सम्पन्न

spot_img

रुपन्देही ।

शिक्षा क्षेत्रमा देखिएका चुनौतीहरु सामना गर्न नसके देशले हरेक क्षेत्रमा संकट झेल्नु पर्ने प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एक नारायण काफ्लेले बताउनु भएको छ । आफ्नो भविष्य बनाउनको लागि लाखौं युवाहरुले देशको भविष्य जोखिम पार्दै बिदेशिनु पर्ने बाध्यता राज्यले नै बनाएकोले यो समस्याको समाधान चाँडो गर्नु पर्ने उहाँले बताउनुभयो ।

निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याब्सन) देवदहको पाँचौं साधारण सभालाई सम्बोधन गर्दै उहाँले निजी विद्यालयले गुणस्तरीय र समय सापेक्ष शिक्षा प्रदान गरी दक्ष जनशक्ति तयार पारिदिए पनि राज्यले उनीहरुलाई अवसर दिन नसकेको कारण बैदेशिक पलायन बढ्दै गएको बताउनुभयो । प्याब्सन देवदहका प्रमुख सल्लाहकार बोधराज गौडेलले निजी विद्यालयको विकल्प राज्यसँग नभएको तर निजी विद्यालयको योगदानलाई राज्यले वेवास्ता गरेको बताउनुभयो ।

कार्यक्रममा सचिव कृष्णप्रसाद गैरेले सांगठनिक प्रतिवेदन कोषाध्यक्ष टिकाराम चापागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षता, सचिव कृष्णप्रसाद गैरेको सञ्चालन र कोषाध्यक्ष टिकाराम चापागाईको स्वागतमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img