spot_img
spot_img
spot_img

नेप्सेमा आज ११ अंकको वृद्धि, २ अर्ब ८० करोडको कारोबार

spot_img

काठमाडौं ।

साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११.७३ अंकको वृद्धि भएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.६३ प्रतिशतले बढेर बन्द भएको हो ।

परिसूचक बढेको दिन आज कारोबार रकम २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । यसक्रममा ९५ लाख कित्ताभन्दा धेरै सेयर कारोबार भएको छ । परिसूचक दोहोरो अंकले बढेको दिन १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर कायम भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img