काठमाडौं ।
मोरङको विराटनगर महानगरपालिका-७ मा रहेको कबाडी पसलमा आगलागी हुँदा ३ जनाको ज्यान गएको छ ।
हिजो बुधवार दिउँसो भएको आगलागीमा घाइते भएकी विराटनगर-६ की ६४ वर्षीय सुनिता कामतको उपचारका क्रममा काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा आज बिहीवार ज्यान गएको हो । यसअघि हिजो स्थानीय ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवानको ज्यान गएको थियो ।
आगलागीमा घाइते भएका तीन जना विराटनगर-६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रिता सरदार र कटहरी गाउँपालिका-६ की ३० वर्षीया पिङ्की कामतको कीर्तिपुरमा उपचार भइरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??