spot_img
spot_img
spot_img

‘ध्रुबे’ हात्तीको शरीरमा तेस्रो पटक स्याटलाइट कलर जडान गरियो

spot_img

चितवन ।

चितवन क्षेत्रमा बेला बेलामा आतंक मच्चाउँदै आएको जंगली हात्ती ‘ध्रुबे’ को शरीरमा तेस्रो पटक स्याटलाइट कलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुखिभार पोष्ट नजिकै आज ध्रुबे हात्तिलाई डार्ट हानेर बेहोस बनाई घाँटीमा स्याटलाइट कलर जडान गरिएको हो । माडी र जगतपुर क्षेत्रका वस्तीमा पसेर आतंक मच्याउन थालेपछि ध्रुबेलाई निगरानीमा राखिएको थियो।

राष्ट्रिय निकुञ्जका सूचना अधिकृत गणेशप्रसाद तिवारीका अनुसार धुर्बे हात्तीको आक्रमणबाट क्षति कम गर्नका लागि उसको दाह्रा समेत काटेर जंगलमा छाडिएको छ । स्याटलाइट कलर जोडेपछि अब ध्रुबे कहाँ छ भनेर थाहा पाउन सकिने र बस्तीतिर आए तत्काल नियन्त्रण गर्न सकिने निकुञ्जले जनाएको छ । ध्रुबेले अहिलेसम्म २२ जनाभन्दा बढीको ज्यान लिइसकेको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img