काठमाडौं ।
आज बुधबार सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर फर्किएको छ । दिउँसो १२:११ बजेसम्म उकालो लाग्दै नेप्से २०१६ अंकसम्म पुगेकोमा अन्ततः बन्द हुँदा दुई हजारमुनि अर्थात् १९८८ अंकमा कायम भएको हो ।
अघिल्लो दिनको तुलनामा भने नेप्से २.६ अंक बढेको हो। त्यस्तै कारोबार रकममा गिरावट देखिएको छ । मंगलबार ४ अर्ब ३० करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बुधबार भने ३ अर्ब ९० करोडमा खुम्चिएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




