spot_img
spot_img
spot_img

भारतीय संसद्‍मा प्रवेश गर्ने दुई जना पक्राउ

spot_img

एजेन्सी ।

भारतीय संसद बाहिर बुधबार दिउँसो अनधिकृतरुपमा प्रवेश गरी रंगीन धुवाँ फालेको आरोपमा एक पुरुष र एक महिलालाई पक्राउ गरिएको छ । लोकसभामा दर्शक ग्यालरीबाट हाम फाल्ने दुई जना पनि पक्राउ परेका हुन् ।  बाहिर नाराबाजी गरिरहेका दुवै जनालाई संसदको सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा नीलो पोशाक लगाएकी एक महिला प्रहरी एक महिलालाई समातेर लैजाँदै गरेको देखिन्छ । यस क्रममा महिलाले नारा लगाएको सुनिन्छ । भिडियोमा महिलाले ‘भारत माता की जय, तानाशाही बन्द गर, जय भीम-जय भारत, संविधान बचाऔँ’ भन्ने नारा लगाएको सुन्न सकिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img