spot_img
spot_img
spot_img

सुर्तीजन्य पदार्थको बिक्रीमा राेक लगाउने काठमाण्डाै महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

spot_img

काठमाडौं ।

सुर्तीजन्य पदार्थकाे बिक्री/वितरणमा रोक लगाउने काठमाण्डौ महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ ।

श्रीराम टोवागो उद्योगले महानगरविरुद्ध दायर गरेकाे मुद्दामा आज शुक्रवार उच्च अदालतका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म मुद्दाको गएको मङ्सिर १२ गते महानगरले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

महानगरले सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता सुर्तीजन्य पदार्थको बिक्री/वितरणमा रोक लगाएको छ । साथै सार्वजनिक ठाउँमा बिडी, चुरोट खान पनि रोक लगाएको छ । काठमाण्डाै महानगरले हिजो बिहीवारदेखि नै यसअघिको निर्णयअनुसार बजारमा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img