spot_img
spot_img
spot_img

भारतीय महिला टोलीको टेस्ट क्रिकेटमा सबैभन्दा ठुलो जित

spot_img

एजेन्सी ।

भारतीय महिला क्रिकेट टोलीले मुम्बईमा खेलिएको टेस्ट शृङ्खलाको एक मात्र खेलमा इंग्ल्याण्डलाई ३ सय ४७ रनको ठुलो अन्तरले पराजित गरेको छ । भारतले जितका लागि दिएको ४७८ रनको लक्ष्य पछ्याउँदा इंग्ल्याण्डको पूरा टिम १३१ रनमा आउट भएको हो ।

महिला टेस्ट इतिहासमा भारतीय टोलीको यो सबैभन्दा ठुलो जित हो। भारतले पहिलो इनिङ्समा ४२८ रन बनाएको थियो भने दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १८६ रन बनाएको थियो । इंग्ल्याण्डले पहिलो इनिङ्समा १३६ रन तथा दोस्रो इनिङ्समा १३१ रन बनायो ।

यस खेलमा नौ विकेट लिने दीप्ति शर्मा खेलको उत्कृष्ट खेलाडी घोषित भइन् । दोस्रो इनिङ्समा दीप्ति शर्माले ३२ रनमा चार विकेट लिइन् भने पूजा वस्त्रकारले तीन र राजेश्वरी गायकवाडले दुई विकेट लिइन्। पहिलो इनिङ्समा दिप्ती शर्माले पाँच र स्नेह रानाले दुई विकेट लिएकी थिइन् ।

इंग्ल्यान्डका दुवै इनिङ्समध्ये पहिलो इनिङ्समा मात्रै खेलाडीले अर्धशतक बनाएका थिए । पहिलो इनिङ्समा नेट स्काइभर ब्रन्टले सर्वाधिक ५९ रन बनाइन् । भारतका लागि पहिलो इनिङ्समा चार खेलाडीले अर्धशतक बनाएका थिए । दोस्रो इनिङ्समा भारतका लागि हरमनप्रीत कौरले सर्वाधिक ४४ रन बनाइन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img