जनकपुर ।
सप्ताहव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सवमा रामजानकीको विवाह कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । जनकपुधामस्थित जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेपछि आइतबार दिउँसो स्वयम्बर सकेर गयराति मन्दिर परिसरमा रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृति अनुसार सम्पन्न भएको हो ।
वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले सीताको बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गरेका थिए । वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलही झैं सिंगारिएको थियो ।
यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डप समेत बनाइएको थियो । यस मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम भएको हो ।