काठमाडौं ।
सरकारले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६३५ रुपैयाँ तोकेको छ । आज बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उखुको न्युनतम खरिद मूल्य प्रतिक्वीन्टल ६३५ रुपैयाँ तोकेको हो ।
सरकारका प्रवक्ता रेखा शर्माका अनुसार प्रतिक्वीन्टल ५६५ रुपैयाँ उखु मिलले किसानलाई दिनुपर्नेछ भने प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले कृषकलाई अनुदान दिनेछ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??