रुपन्देही ।
रुपन्देहीको देवदह नगरपालिका वार्ड न. १ को कार्यलयमा स्थानियहरुका लागि नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। कार्यक्रम लायन्स क्लब अफ देवदह प्रोफेसनल यूथको आयोजना र लायन्स आँखा उपचार केन्द्र देवदहको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष लायन कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिका वडा नं १ का वडा अध्यक्ष दिपक नेपालको प्रमुख आतिथ्यता रहेको थियो। सोहि अवसरमा बोल्दै वडा अध्यक्ष दिपक नेपालले लायन्सले गर्ने सामाजिक कार्यहरुमा आफ्नो साथ सहयोग निरन्तर रुपमा रहने र आगामी दिनमा अझै बृहत कार्यक्रम सचालन गर्दै जाने बताउनुभयो।
कार्यक्रममा लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका निबर्तमान अध्यक्ष लायन बिमल प्रसाद भुसाल ,लायन बिजय अमगाई, लायन दिनेश चौधरी , लायन बिकाश श्रेष्ठ , स्थानिय जनप्रतिनिधिहरु, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा २७६ जनाले आफ्नो आँखा जाँच गराई सेवालाभ लिएका थिए भने १० जना आखाको रोग लागेका र उपचारका लागि देवदह ५ बैकुण्ठनगरमा रहेको लायन्स आँखा उपचार केन्द्रमा पठाइएको क्लबले जनाएको छ। शिविरमा नि:शुल्क औसधि वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका मार्केटिङ चेयरपर्सन लायन सुरज पङेनीले गर्नुभएको थियो।