spot_img
spot_img
spot_img

रुपन्देही उद्योग संघद्धारा संचालित व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तालिमको समापन

spot_img

बुटवल ।

रुपन्देही उद्योग संघद्धारा संचालित व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तालिमको समापन भएकाे छ । रुपन्देही उद्योग संघ र दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (इन्स्योर दोश्रो–चरण) को सहकार्यमा र सिप विकास इकाइको आयोजनामा सम्बद्ध उद्योग तथा कम्पनीको सम्र्वद्धन र प्रर्वधनमा सहयोग पु–याउने उद्धेश्यले आयोजना गरिएको ३ दिवसीय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विषयक तालिमको समापन गरिएको हाे।

समापनकाबीच सहभागहीरुलाई प्रमाणपत्र वितरण गर्दै रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले यस तालिममा सहभागि हुनु भएका प्रशिक्षार्थीहरुको अभ्यास तथा उनीहरुको सिकाइ क्षमता अभिवृद्धि गर्ने कार्यका थप प्रगती भएको साथै सिकेका कुराहरु व्यवहारमा लागु गर्न सहभागिहरुलाई उत्प्ररित गर्दै आ आफ्नो उद्योगमा सुरक्षा र स्वास्थ्यका जोखिमहरु कम हुनुका साथै सुधारात्मक योजनाहरु निर्माण हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

उद्योग संघको योगदान रहने विश्वास दिलाउनु भयो साथै उद्योग सँग सम्बन्धित आबश्यक जनशक्तिको क्षमता अभिवृद्धि गर्न उपयुक्त तालिमको पहिचान गरी पाठ्यक्रम निर्माण गरी सिप अभिवृद्धि तालिमहरु संचालनलाई निरन्तरता दिने जानकारी दिदै तालिमका सहभागिहरुलाई स्वागत गर्दै तालिम अपेक्षित उपलब्धिमूलक वनोस भन्दै सफलताको शुभकामना दिनु भएको थियो ।

प्रमुख प्रशिक्षक दिनेश शाहले यस तालिम अवधिमा उद्योग व्यावसायमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको महत्व,श्रम ऐन,समस्याहरुको पहिचान,जीवन रक्षा,व्यवस्थापकीय प्रणाली विद्युतीय,रसायन आदिवाट सुरक्षित हुने उपायहरु लगायतका विषयमा तालिमका सहभागिहरु सचेतना अभिवृद्धि गरी संभावित दुर्घटनावाट उद्योग तथा त्यहाँ रहेका जनशक्तिको सुरक्षा र स्वास्थ्यमा सम्वद्र्धन र प्रर्वद्धन गर्न प्रशिक्षर्थीहरुको क्षमता विकास भएको समापनका अवसरमा बताउनु भएको थियो ।

पौष ३ गते देखि संचालन भएको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य तालिमको समापनको अवसरमा कार्यक्रममा सहभागीको तर्फबाट माधब ढकालले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विषयमा व्यवसायीहरु राम्रो गरी सचेतना अभिबृद्धि भएको, आफुहरुले सिकेका कुरा व्यवहारमा उतार्ने र उद्योग तथा कम्पनीमा सिकेका कृराहरु लागू गर्ने भनाई राख्नु भएको थियो ।

रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी र सिप विकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजाल सहित २० वटा उद्योग प्रतिष्ठानवाट २५ जना सहभागिता रहेको समापन कार्यक्रमको संचालन महासचिव हिरामणी भट्टराइले गर्नु भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img