बुटवल ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारले आर्थिक क्षेत्र सुधार गर्न नसक्ने दाबी गर्नुभएकाे छ । रुपन्देही व्यापार संघले आयोजनामा गरेको लुम्बिनी एक्स्पो-२०८०, अन्तर्राष्ट्रिय व्यापार मेला लाइ बिहीबार उद्घाटन गर्दै उहाँले मुलुकमा देखिएको विद्यमान संकटको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयाे ।
सरकारको अस्तव्यस्तताले मुलुकको पूँजीगत खर्च लथालिङ्ग भएको र राष्ट्रिय गौरवका आयोजना अगाडि बढ्न नसकेको उहाँको भनाइ थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??