spot_img
spot_img
spot_img

अस्ट्रेलियालाई हराउँदै भारतीय महिला क्रिकेट टोलीले रच्यो इतिहास

spot_img

एजेन्सी ।

भारतीय महिला क्रिकेट टोलीले टेस्ट प्रतियोगिताको एक मात्र खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इतिहास रचेको छ । अस्ट्रेलियाविरुद्धको टेस्टमा भारतीय महिला टोलीको यो पहिलो जित हो। मुम्बईको वानखेडे स्टेडियममा खेलिएको यो टेस्ट जितका लागि भारतले दोस्रो इनिङ्समा ७५ रन मात्र जोड्नु परेको थियो। यो लक्ष्य भारतले दुई विकेट गुमाएर पुरा गर्‍यो ।

यस खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा २१९ रन बनाएको थियो जसको जवाफमा भारतले ४ सय ६ रन बनाएको थियो । अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्समा २६१ रन मात्र बनाउन सक्यो ।

भारतका लागि पहिलो इनिङ्समा तीन विकेट र दोस्रो इनिङ्समा चार विकेट लिने स्मृति राना यस खेलको उत्कृष्ट खेलाडी घोषित भइन् । गत हप्ता पनि भारतले एक मात्र टेस्टमा इंग्ल्याण्डलाई ३४७ रनले पराजित गर्दै इतिहास रचेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img