spot_img
spot_img
spot_img

क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदै

spot_img

काठमाडौं ।

क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन् । हरेक वर्ष अङ्ग्रेजी महिनाको डिसेम्बर २५ तारिखका दिन क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झना गर्दै विश्वभरीका क्रिश्चियन धर्मावलम्बीले क्रिसमस डे मनाउने चलन रहेको छ । क्रिसमस डे का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

येशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास गर्दै क्रिश्चियन समुदायले शुभकामना तथा उपहार आदानप्रदान गरि यो पर्व मनाउने गर्दछन् । आजभन्दा दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा मरियमको कोखबाट येशु ख्रीष्ट (जिसस क्राइस्ट)को जन्म भएको थियो ।

येशुले मानव जातिका लागि योगदान पुर्‍याएको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । आजको दिनलाई ‘ख्रिष्टमस’ पनि भन्ने गरिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img