spot_img
spot_img
spot_img

पृथ्वीको ओजोन तह केही दशकमा नै पूर्णरुपमा ठिक हुने

spot_img

काठमाडौँ । पृथ्वीको ओजोन तह केही दशकमा नै पूर्णरुपमा ठिक हुने बाटोमा रहेको संयुक्त राष्ट्रसंघ समर्थित विज्ञहरूको एक प्यानलले जनाएको छ । गत जनवरीमा उनीहरूले विश्वभर नै ओजोन तहलाई हानी पुर्‍याउने रसायनहरूमा कमी आइरहेको बताएका थिए ।

ओजोन तहले पृथ्वीलाई खतरनाक अल्ट्राभायोलेट किरणबाट बचाउँछ । तर, सन् १९८० यता वैज्ञानिकहरूले ओजोन तहमा प्वाल परेको बताएका थिए । रेफ्रीजेरेटरलगायतमा प्रयोग गरिने क्लोलोरोफ्लोरो कार्बन (सीएफसी) यसका लागि हानिकारक मानिन्छ । त्यसयता गरिएको अन्तर्राष्ट्रिय सहकार्यले उक्त क्षतिलाई परिपूर्ति गर्न सहयोग पुगेको छ । सन् १९८९ मा लागू गरिएको मोन्ट्रियाल प्रोटोकलपछि सीएफसीको प्रयोगलाई निरुत्साहित गरिएको थियो । ओजोन तहको पुनरुत्थानलाई सबैभन्दा ठुलो वातावरणीय उपलब्धि मानिएको छ ।

यदि यही नीति लागू भए सन् २०४० सम्ममा विश्वका अधिकांश भागमा सन् १९८० ताकाकै अवस्थामा ओजोन तह फर्किने वैज्ञानिकहरूले बताएका छन् । ध्रुवीय क्षेत्रमा भने यो प्रक्रियाका लागि थप समय लाग्नेछ। अध्ययनकाअनुसार आर्कटिकमा सन् २०४ र एन्टार्टिकमा सन् २०६६ मा ओजोन तह ठिक भइसक्नेछ।

तर, गत नोभेम्बरमा प्रकाशित अर्को अध्ययनले भने यसमा केही आशङ्का पैदा भएको थियो । नेचर कम्युनिकेसनले एन्टार्टिकमा रहेको ओजोनको प्वाल पहिले कै अवस्थामा र थप गहिरो बनेको बताएको थियो । तर, अन्य वैज्ञानिकहरूले अध्ययनको निष्कर्षमा प्रश्न उठाएका थिए । तहको लामो समयको अवस्थाबारे छोटो समयमा गरिएको अध्ययनले निष्कर्ष दिएको उनीहरूको तर्क थियो ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img