spot_img
spot_img
spot_img

बैंगलुरुमा प्रसाद खाँदा एक जनाको मृत्यु, ७० जना अस्पतालमा भर्ना

spot_img

एजेन्सी ।

भारतको बैंगलुरुमा फुड पोइजनिङका कारण एक महिलाको मृत्यु भएको छ । त्यहाँको होसकोते भन्ने सहरमा डिसेम्बर २५ मा फुड पोइजनिङको घटनामा अरू ७० जना जति अस्पतालमा भर्ना गर्नु परेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया पिटिआईले एक समाचारमा भनेको छ ।

स्थानीय मन्दिरमा बाँडिएको प्रसाद खाँदा फुड पोइजनिङ भएको आशङ्का गरिएको छ । अस्पतालमा भर्ना भएका केही बिरामी डिस्चार्ज भइसकेका छन् । अरूको भने उपचार चलिरहेको बताइएको छ । यो घटनाको स्वास्थ्य विभागले नजिकबाट निगरानी गरिरहेको बताइएको छ । झट्ट हेर्दा घटना फुड पोइजनिङकै भएपनि अनुसन्धान सुरुवाती चरणमा रहेकोले कारण पुष्टि भई नसकेको प्रहरीले बताएको छ ।

शनिबार होसकोते सहरमा रहेको एक मन्दिरमा मानिसहरूको ताँती लागेको थियो । त्यहाँ प्रसाद बाँडिएको थियो । भोलिपल्ट देखि केहीमा झाडापखाला र बान्ताको समस्या देखिएर अस्पताल नै भर्ना गर्नु पर्‍यो। यस्तै लक्षण देखिएर आइतबार मध्याह्न अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भयो ।

सहरका कयौँ अस्पतालमा ७० जनालाई भर्ना गरिएको थियो । प्रसाद नै नखाएका केही व्यक्तिहरूमा पनि झाडापखाला र बान्ताको समस्या देखिएर अस्पताल ल्याइएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img