काठमाडौं ।
सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने स्पष्ट पारेको छ ।
बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले गठबन्धनका दलका शिर्ष नेताहरुसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्नसक्ने र यसमा आफ्नो पार्टी बाधन नबन्ने बताउनुभएको हो ।
उहाँले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शीर्ष नेताहरुसँगको परामर्शबाट गर्नसक्ने स्पष्ट पानुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??