कपिलवस्तु ।
कपिलवस्तुबाट प्रहरीले ९९ सय क्युन्टिल भन्दा बढी अवैध चामल नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवामा वेबारिसे अवस्थामा प्रहरीले बरामद गरेको हो।
बरामद गरिएको चामलको मूल्य ३ लाख ४८ हजार २ सय ५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध चामल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??