सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकाले कृषि उपकरण वितरण गरेको छ। परम्परागत कृषि खेतीलाई आधुनिकि करणमा रुपान्तरण गराउने लक्ष्य अनुसार किसानलाई कृषि उपकरण वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको ७६ प्रतिशत अनुदान र किसानहरुको २५ प्रतिशत सहभागितामा कृषि उपकरण किसानहरुलाई उपलब्ध गराईएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले कृषि उपकरण तथा औजार किसानहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
औजार बितरण गर्दै नगरप्रमुख फणेन्द्र शर्माले सैनामैना क्षेत्र कृषिमा सम्भावित क्षेत्र भएकाले कृषि उत्पादन बढाउनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।