spot_img
spot_img
spot_img

इटाली २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसमी घटनाबाट प्रभावित

spot_img

एजेन्सी ।

इटालीले २०२३ मा ३७८ वटा गम्भीर प्रकृतिका मौसमी घटनाहरू व्यहोरोको अध्ययनले देखाएको छ ।वातावरणीय लबी समूह लेगाम्बाएन्टद्वारा सञ्चालित जलवायु पर्यवेक्षकका अनुसार इटालीले २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसम घटनाहरू व्यहोर्नुपरेको हो । जुन गत वर्षको तुलनामा २२ प्रतिशतले बढेको छ ।

गर्मीको लहरदेखि खडेरी, असिनापानी, बाढी र आँधी, तुफानका घटनाहरु व्यहोर्नुपरेको बताइएको छ । मौसमी विपद्बाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ ।

अर्कोतर्फ इटालीको बुट आकारको प्रायद्वीपमा यस वर्ष दैनिक नौ भन्दा बढी कठोर मौसमी घटनाहरू भएको कृषि क्षेत्र संघ कोल्डिरेट्टीले बताएको छ ।

आफ्नो प्रतिवेदनमा कोल्डिरेट्टीले चरम मौसमी प्रभावले बाली र कृषि पूर्वाधारमा ६ बिलियन यूरो (६.६ बिलियन अमेरिकी डलर) क्षति पु¥याएको छ । जसले देशको जैतुनको तेल, आरु, अमृत र गहुँको उत्पादनमा कमी आएको छ ।

देशको उत्तरी भाग सबैभन्दा बढी प्रभावित भएको जसमा २१० अलग–अलग चरम मौसमी घटनाहरू भएको बताइएको छ । ९८ मध्य क्षेत्रहरूमा र ७० दक्षिणमा सिसिली र सार्डिनियाको टापु क्षेत्रहरूमा मौसमी विपद् आएको बताइएको छ ।

मौसमी घटनाहरूमध्ये धेरै बाढी, उच्च तापक्रम, वर्षाले गर्दा पहिरो गएको थियो । धेरैजसो युरोपले यस वर्ष लामो र सुख्खा गर्मी तथा धेरै गम्भीर मौसमी घटनाहरूको सामना गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img