काठमाडौं ।
सरकारले शहीद दिवस र रामनवमीका दिन बिदा दिने निर्णय गरेको छ । हिजो बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएको छ ।
यस्तै सरकारले २०८१ सालमा दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण पनि गरेको छ । साथै सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार छ सय ५० रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।
त्यसैगरी, झुटाे विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय, सिराहाबाट प्राप्त गरेका ६ वटा नेपाली नागरिकताको प्रमाणपत्रहरु रद्द गरी उनीहरुलाई नेपाली नागरिकबाट हटाउने निर्णय पनि गरेको छ ।