spot_img
spot_img
spot_img

बालकुमारी घटनामा सरकारको लापरबाही देखिएको भन्दै प्रमुख बिपक्षी दलहरुको विरोध

spot_img

काठमाण्डौ ।

प्रमुख दलहरुले बालकुमारी घटनामा सरकारको लापरबाही देखिएको भन्दै विरोध गरेका छन्। नेपाली कांग्रेसले घटनाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गरेको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विज्ञप्ति निकालेर मन्त्री चढेको गाडीमा आगजनी हुनु र त्यसपछि प्रदर्शनकारीको ज्यान जानु दुवै घटनाप्रति कांग्रेसको ध्यानाकर्षण गराउनुभएको हो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा वली सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ ‘बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो। बल प्रयोग समस्याको समाधान होइन । समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय छ। घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर । ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना । अब यस्तो कहिलै नहोस् !’ 

त्यस्तै, नेकपा एमालेले पनि बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले सरकारलाई संयमता नगुमाउन आग्रह गर्दै युवाहरुको ज्यान गएको घटनाप्रति एमालेले दुःख व्यक्त गरेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एकपटक उदाङ्गो भएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछाने भन्नुहुन्छ ‘आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको छ।

दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्।
आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ। घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उतिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला।
रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा मर्माहत भएको छु। शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन। तर परिवारलाई राहत दिइयोस्। परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस्।’

आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति निकालेर स्वदेशमा गरी खान पाउने वातावरण नपाएका बेरोजगार युवालाई सरकारले संयमता गुमाएर गोली प्रहार गरेको आरोप लगाउनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img