spot_img
spot_img
spot_img

पत्रकार समाजका अभिन्न अंग रहेको सभामुख घर्तीको भनाई

spot_img

काठमाडौं ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पत्रकारहरु समाजको अभिन्न अंग भएको बताएका छन्। उनले पत्रकारिता र पत्रकारको संरक्षणमा राज्यले सधैं ध्यान दिनुपर्ने बताए । पत्रकारिता सुरक्षित हुनु भनेको गणतन्त्र र लोकतन्त्रको सुन्दर पक्ष रहेको उनले उल्लेख गरे । लुम्बिनी प्रेस क्लब, रुपन्देहीको ९ औं स्थापना दिवसको अवसरमा शनिबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सभामुख घर्तीमगरले आफू सधै पत्रकारको सुरक्षा, विकास र पक्षमा वकालत गर्दै आएको जनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता (सीके) ले विकसित मुलुक बनाउन आजैबाट सुरुवात गर्नुपर्ने बताए । सत्तामा मात्रै कसरी टिकिइरहने भन्ने मात्रै नेतामा चिन्ता भएका कारण आज युवा पलायन भएको उनले बताए ।

पत्रकारले कलमका माध्यमबाट गर्ने सकारात्मक आलोचनालाई सधैं नेतृत्व तहमा बस्नेले स्कीकार गर्दै कमीकमजोरी सुधारेर अघि बढ्नुपर्ने उनले जोड दिए ।

सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इस्तियाक अहमद खानले पर्यटकलाई टिकाउनका लागी सवैले मिलेर काम गर्नुपर्ने बताए । सिद्धार्थनगर पर्यटकीय सहर बनाउन सबैको सहयोगको अपेक्षा गर्दै खानले पर्यटकलाई अतिथिको रुपमा व्यवहार गर्नुपर्ने बताए । उनले लुम्बिनी प्रेस क्लब र यसमा आबद्ध पत्रकारहरुले समाज र देशका लागि गरेको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img