spot_img
spot_img
spot_img

२०८० पौष १६ गते सोमबारको राशिफल

spot_img

मेष : नयाँ कार्यको थालनी तथा थालेको कामलाई टुंगोमा पुराउन थप मद्दत मिल्नेछ।आजको दिन गरेका ब्यापारीक निर्णयले दीर्घकालीन फल दिन सक्ने छ।प्रेमीहरुका लागि दिन मनमोहक तथा विशेष बन्न सक्छ।

बृष: ब्याकुल्ताले सताउन सक्छ। अनावश्यक भय तथा मनमा अनेक कुरा आउदा मन अशान्त रहनेछ।आजको दिन अध्यनमा बिताए बिशेष फाईदा मिल्नेछ।योजना बनाए पनि थालनी गर्नु उचित हुने छैन।

मिथुन : आजको दिन शरिरिक कष्टले चेप्ने छ भने लामो समय सम्मका लागि बिमारको संकेत देखा पर्न सक्छ।धनको ब्यय हुनुका साथै अनुचित सल्लाहका कारण काम बिग्रेको महशुस हुनेछ।

कर्कट: आजको दिन एक्दमै संयम रहनु पर्ने देखिएको छ। पारिवारिक कार्यमा समय बित्नेछ ।बोलिको नकारात्मक अर्थ लाग्न सक्ने हुदा तर्क नगर्दा उत्तम रहेको छ।ऋण- सापटी नदिनु होला ।

सिंह : दिन मंगलदायी रहेको छ। आजको दिन पराक्रममा वृद्धि हुनुका साथै आफ्नो सहयोगले मित्रजनहरुको काम बन्नेछ।आजको दिनमा आर्थिक उन्नतिका लागि राम्रो हुदा ब्यापारीक , बित्तीय संस्था तथा धन सञ्चयका लागि शुभ रहेको छ।

कन्या : समय अनुकुल छैन ।साहस र पराक्रम बढेपनी केही संयम भएर अगाडि बढेमा सफल्ता मिल्न सक्छ। दिनको मध्य काल सम्म केही शुभ फल प्राप्त भए पनि अन्त्यमा भने फलदायी नहुन सक्छ।

तुला: तपाईको आजको समय भने मध्यम रहेको छ । पुराना काम को समापन तथा पुराना स्थानको यात्रामा समय बितित हुन सक्ने छ। आफ्नो बिचार वा तर्क राख्ने मौका नमिल्दा दुखि बनाउन सक्छ।

बृश्चिक : आजको दिन सफल्ता प्राप्त हुनका साथै लामो समय देखि अल्झिएका काम समेत सफल हुनेछन।बिशेष लाभको समय आजको दिन मित्र सहयोग प्राप्त हुनुका साथै एक्दमै आनन्दित महशुस हुनेछ।

धनु: कार्यक्षेत्रमा आफ्नो प्रभाव बढ्नुका साथै उपलब्धि मूलक निर्णय हुनेछन। मान-सम्मान बढ्नुका साथै बिशेष सम्मान वा जिम्मेवारी सम्म प्राप्त हुन सक्ने योग रहेको छ।

मकर: आजको दिन केही गलत निर्णय वा पछिल्ला काम को दुसफलका कारण विवादमा पर्नुका साथै मानसम्मानमा आच आउन सक्नेछ।लेनदेन वा कुनै पनि निर्माण नगर्दा उत्तम हुनेछ।

कुम्भ: कार्ययोजनाको सफल्ताले मन आनन्दित तुल्याउछ। पुराना ब्यवसायिक मित्रजन तथा सहकर्मी हरु संग भेटघाट हुनेछ। दिएको ऋणसमेत फिर्ता लिन उत्तम समय रहेको छ। यात्रा भने सुखद रहने छ।

मीन : आजको दिन झन्झटिलो रहेको छ। शारीरिक थकान महसुस हुने छ भने बिपरित लिङ्गी संग विवाद हुन सक्छ।आजको दिन कसैको ब्यक्तिगत बिषयमा नबोल्दा उचित हुनेछ।खानपानमा बिशेष ध्यान दिनु होला।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img