काठमाडौं ।
तथागत गौतम बुद्धको जन्म भुमि लुम्बिनीमा अल्पकालीन ऋषिनी प्रवज्या सम्पन्न भएको छ । राजकीय थाई विहार, लुम्बिनी र विश्व शान्ति विहार, काठमाडौंको संयुक्त आयोजनामा भएको प्रवज्यामा ९५ जना महिला सहभागी भएका थिए ।
थेरवाद बौद्ध परम्परा अनुसार सहभागी महिलाहरूलाई प्रवज्या गरेर ८ दिनसम्म बौद्ध दर्शन र विपश्यना ध्यान भावना गराईएको थियो । थाई बिहारका प्रमुख भिक्षु फ्रा श्रीवोधिविदेस सुफोट र विश्व शान्ति विहारका भिक्षु बोधिज्ञान महास्थविरले धर्म देशना गर्नुभएको थियो । चौथो पटक भएको यो प्रवज्याले विश्वमा बुद्ध धर्मको प्रचार प्रसारमा सहयोग पुग्ने विश्वास लिईएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??