spot_img
spot_img
spot_img

भाषा, संस्कार संस्कृतिको संरक्षणले मात्र जातीय पहिचान स्थापित हुने उपप्रमुख गुरुङको भनाई

spot_img

काठमाडौं ।

भाषा, संस्कार संस्कृतिको संरक्षणले मात्र जातीय पहिचान स्थापित गर्न सकिने देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताउनु भएको छ । उहाले सबै जात जातीको भाषा, संस्कार र संस्कृतिको संरक्षणको लागि नगरपालिका लागिरहेको दावी गर्नुभयो।

तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद पर्वत तमु समाजले गरेको तमु ल्होसार २०८० को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । उपप्रमुख गुरुङ्गले नगरपालिका संग समित श्रोत साधन भएकोले आम नगरवासीको अपेक्षा अनुसार काम गर्न नसकेको बताउनु भयो । उहाले देवदह नगरलाई समृद्धि बनाउनको लागि सवैको साथ, सहयोग आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले तमु ल्होसार गुरुङ्ग जातीको प्रमुख चाड भएको बताउदै भाषा, संस्कार, संस्कृतिको संरक्षणमा समाजको महत्वपुर्ण भूमिका रहेको बताउनु भयो ।

सोही अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले अव्यवस्थित तथा सुकुम्वासीको काम अहिले अभिलेखीकरण भईरहेको बताउदै छिट्टै आमनागरिकले लालपुर्जा प्राप्त गर्ने बताउनु भयो । तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद पर्वत तमु समाजका अध्यक्ष ताराप्रसाद तमुको अध्यक्षतामा भएको कार्यक्रममा तमु भाषा अभियन्ता भिमप्रसाद तमु, देवदह नगरपालिका–७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद देवदह नगर समितिका अध्यक्ष मनबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नुभएको थियो ।

कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद पर्वत तमु समाजलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित खेलकुदका कार्यक्रम समेत संचालन गरिएको थियो । समाजका उपाध्यक्ष गजबहादुर तमुको स्वागत र सचिव भरतकुमार गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img