काठमाडौं ।
आज राति आकाशमा उल्का वर्षा देखिदैछ । केही दिनदेखि नै आकाशमा उल्का वर्षा भैरहेको छ, तर आज राति भने अत्यधिक मात्रामा उल्का वर्षा हुन लागेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।
आज राति साढे ११ बजेदेखि भोलि बिहान घाम उदाउनु अघिसम्म नै उल्का वर्षा देख्न सकिने उहाँको भनाई छ। नाङ्गो आँखाले नै उल्का वर्षाको अवलोकन गर्न सकिने उहाँको भनाइ छ । आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??