spot_img
spot_img
spot_img

लुम्बिनी एक्स्पोमा ५० करोडकाे कारोबार

spot_img

बुटवल ।

रुपन्देही व्यापार संघको आयोजनामा बुटवल पुस ५ गतेबाट सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेला ५० करोडको कारोबार गर्दै बुधबार सकिएको छ । मण्डपमा निमार्णाधीन आधुनिक प्रदर्शनी केन्द्रमा १४ दिनसम्म संचालन भएको एक्स्पोका १० लाख दर्शकले अवलोकन गर्दा ५० करोड कारोबार भएको दाबी आयोजकको छ ।

प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव बनेको बताए । अध्यक्ष घिमिरेले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक डिजाइनमा एक्स्पो गर्न पाउँदा व्यवस्थापनमा धेरै सहज भएको जनाए ।

उनले एक्स्पोमा संघले राखेको १० लाख दर्शकको अवलोकन र ५० करोड कारोवारको लक्ष्य पूरा भएकोमा खुशी व्यक्त गर्दै व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नुपरेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले सकारात्मक भूमिका निर्वाह गरेको जनाए ।
अध्यक्ष घिमिरेले कृषिलाई प्राथमिकता दिएर थप व्यवस्थित र विशेष आर्कषक बनाएको उल्लेख गर्दै कृषि पेभिलियनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाभित्रका उत्पादनहरुलाई प्राथमिकता दिएर समावेश गर्दा सबै क्षेत्रबाट राम्रो सन्देश पाएको बताए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img