spot_img
spot_img
spot_img

राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन

spot_img

काठमाण्डौ ।

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरेको छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहनेछन ।

आयोगले पछिल्लो राष्ट्रिय जनगणना अनुसार कूल जनसंख्यालाई आधार मानेर राष्ट्रियसभा निर्वाचनका लागि नयाँ मतभार कायम गरेको छ । जसअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थायिन तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ ।

यसअघि प्रदेशसभा सदस्यको मतभार ४८ थियो भने प्रमुख–उपप्रमुखको १८ थियो । पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

दावी विरोधको उजुरी दिन ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ । उक्त दावी विरोधउपर छानबिन गरी आयोगले पुस २२ गते आइतबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img