देवदह ।
रुपन्देहीको देवदहमा रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० सुरु भएको छ । रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहद्वारा आयोजित प्रतियोगिताको एक कार्यक्रमका बिच देवदह नगरपालिकाका उप प्रमुख विद्या लक्ष्मी गुरुङले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले खेलकुद क्षेत्रको विकासका लागी देवदह नगरपालिकाले विभिन्न किसिमका खेलकुद प्रतियोगिता गर्दै आईरहेको बताउनुभयो । उहाले अबका दिनमा खेल खेलाई रहने मात्र भन्दा पनि खेलाडी उत्पादन तर्फ सोच्न र खेलाडीहरुको भविष्यको बारेमा सोच्न जरुरी रहेको बताउनुभयो। साथै क्लबले विगतमा गरेका विभिन्न सामाजिक कामको प्रशंसा गर्दै क्लबलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एकाउन्न हजार एकाउन्न रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद पच्चिस हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको र सबै खेल देवदह-७, शितलनगर स्थित डि.सि.यु. ग्राउण्डमा खेलाईने आयोजकले जनाएको छ।