spot_img
spot_img
spot_img

हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घट्यो

spot_img

काठमाण्डाै ।

शेयर बजार हप्ताको पहिलो दिन आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ३६ अङ्कले घटेर दुई हजार २२ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज हाइड्रोपावर बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज तेह्रथुम पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै चार वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज एक करोड ५२ लाख कित्ता शेयर पाँच अर्ब २४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img