spot_img
spot_img
spot_img

एमाले र माओवादीको राष्ट्रियसभा उम्मेदवारको टुंगो लाग्यो

spot_img

काठमाडौं ।

नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएका छन् । एमालेले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटकै उम्मेदवार चयन गरेको छ । एमालेको कोशी प्रदेशबाट रुक्मिणी चौधरी र पर्शुराम अधिकारी, मधेश प्रदेशबाट उषादेवी थरुनी र अर्जुनकुमार सिंह, बागमतीबाट रोचकुमारी चौलागाईं, त्रिलोचन निर्मल पौडेल, विवेक देवकोटा र ध्रुवराज विश्वकर्मालाई चयन गरेको छ भने गण्डकी प्रदेशबाट सम्झना देवकोटा, चक्रबहादुर पराजुली र हेमचन्द्र शेरचन, लुम्बिनीबाट तुलसाकुमारी केसी र झपेन्द्रबहादुर घर्ती तथा कर्णालीबाट विमलाकुमारी शाही, डिल्लीप्रसाद भट्ट र हिक्मत विकको नाम उम्मेदवारका लागि चयन गरेको छ । यस्तै सुदूरपश्चिमबाट सावित्रादेवी घिमिरे, ईश्वरीप्रसाद खरेल र रामचन्द्र जोशीलाई उम्मेदवार चयन गरेको छ ।

उता नेकपा माओवादी केन्द्रले पनि गठबन्धनमा पाएकाे ६ सिटमा उम्मेदवार टुङ्गो लगाएको छ । कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशमा झक्कु सुवेदी, कर्णली प्रदेशमा विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशमा रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको जनाइएकाे छ । मधेश प्रदेशबाट भने उम्मेदवार चयन गरेको छैन ।

राष्ट्रियसभा सदस्यका लागि सोमबार मनोनयन हुँदैछ । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको रिक्त सदस्यका लागि निर्वाचन हुँदैछ । भोलि माघ २३ गते सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता कार्यक्रम हुँदैछ । मुलुकका सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img