एजेन्सी ।
सिड्नीमा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसीप २०२३–२५ को अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आठ टेस्टपछि अस्ट्रेलियाको ५६.२५ प्रतिशत अङ्क रहेको छ।
३–० को शृङ्खला गुमाएको पाकिस्तान ३६.६६ प्रतिशत अङ्कसहित छैटौँ स्थानमा रहेको छ । दक्षिण अफ्रिकालाई केप टाउनमा सात विकेटले हराएपछि भारत शीर्ष स्थानमा उक्लिएको थियो । तर, टोली शीर्ष स्थानमा दुई दिन मात्र रहन सक्यो । ४ टेस्टपछि भारतको ५४.१६ प्रतिशत अङ्क रहेको छ ।
दक्षिण अफ्रिका भने न्युजिल्याण्ड र बंगलादेशसँगै तेस्रो स्थानमा खस्किएको छ । तीनै टोलीको ५० प्रतिशत अङ्क रहेको छ । सातौँ स्थानमा १६.६७ प्रतिशत अङ्क सहित वेस्ट इन्डिज रहेको छ । इंग्ल्याण्ड १५ प्रतिशत अङ्कसहित आठौँ स्थानमा रहेको छ भने श्रीलंका अङ्कविहीन बन्दै पुछारमा रहेको छ ।