spot_img
spot_img
spot_img

अफ्रिकी मुलुक जाम्बियामा हैजा संक्रमण भयावह बन्दै

spot_img

एजेन्सी ।

अफ्रिकी मुलुक जाम्बियामा हैजाबाट मृत्यु हुनेको संख्या २ सय २२ पुगेको छ । गत अक्टोबरबाट फैलिएको हैजाबाट संक्रमितको संख्या ५ हजार ४ सय बढी पुगेको छ ।

संक्रमणबाट राजधानी लुसाका सबैभन्दा बढी प्रभावित भएको छ । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ भने ५६७ जना नयाँ सङ्क्रमित थपिएको जाम्बियाको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

जाम्बियाका १० प्रान्तमध्ये सात वटामा हैजा फैलिएको र प्रभावित जिल्ला ३१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हैजा संक्रमितहरुको संख्या थेगिनसक्नु भएपछि बिरामीहरुलाई रंगशालामा राखेर उपचार गर्ने गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img