spot_img
spot_img
spot_img

बालकुमारी घटनामा मारिएकाको परिवार र सरकारबीच ४ बुँदे सहमति

spot_img

काठमाण्डौ ।

आन्दोलनको क्रममा बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकका परिवार र गृह मन्त्रालयबीच सहमति भएको छ। यही पुस १३ गते प्रहरीको गोली लागि अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो । गृह मन्त्रालय र मृतकका परिवारबीच सोमबार ४ बुँदे सहमति भएको छ ।

सहमति अनुसार सरकारले मृतकका परिवारको एक जना सदस्यलाई यथाशीघ्र रोजगार उपलब्ध गराउने, थप राहत उपलब्ध गराउन सरकारले सहजीकरण गर्ने, मृतक शाह र राउतलाई सहिद घोषणाका लागि पहल गर्ने  भनिएको छ । मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा लैजान गृह मन्त्रालयले प्रबन्ध मिलाउने सहमति पत्रमा उल्लेख छ । यसअघि सरकारले मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

सहमतिमा नेपाल सरकारको तर्फबाट गृह मन्त्रालयको उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट वीरेन्द्र शाहका बाबु टेकबहादुर र सुजन राउतको तर्फबाट उनका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन् ।

गत साता ललितपुरको बालकुमारीमा ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शाह र राउतको मृत्यु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img