देवदह ।
विश्वविद्यालय अनुदान आयोगबाट देवदह आर्दश बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन क्युएए प्रमाणीकरण प्राप्त गरेको छ । क्याम्पसले विभिन्न सूचकहरु पुरा गरेको भन्दै गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणीकरण गरेको हो । क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणीकरण प्राप्त गरेको खुसीयालीमा बाजागाजा सहित प्रभातफेरी गरेको छ ।
देवदहको खैरेनी देखि गरिएको प्रभातफेरी क्याम्पस प्रागणमा पुगेर सभामा परिणत भएको थियो । २०६४ सालमा गरिएइको महायज्ञबाट संकलन भएको रकमबाट २०६५ सालमा देवदह आर्दश बहुमुखी क्याम्पस स्थापना गरिएको हो । प्रभातफेरी पश्चात आयोजित सभामा बोल्दै क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले क्याम्पसको शैक्षिक गतिविधिको आधारमा विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणिकरण गरेको बताउनु भयो । उहाले नेपालमा करिव ६ सय सामुदायिक क्याम्पस रहेपनि अहिले सम्म करिव ८० सामुदायिक क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरेको बताउनु भयो । रुपन्देहीमा अहिले सम्म ५ वटा सामुदायिक क्याम्पसले शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणित भएको जानकारी दिनु भयो ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले क्याम्पसले शैक्षिक स्तरलाइ एबक खुड्किलो उक्लिन सफल भएको बताउनु भयो । उहाले देवदह आर्दश बहुमुखी क्याम्पसलाई गुणस्तरीय शैक्षिक संस्थाको रुपमा विकास गर्न सवैले सहयोग गर्न आवश्यक रहेको औल्याउनुभयो । पुर्वमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले यस क्याम्पसलाई नमुना शैक्षिक संस्थाको रुपमा विकास गर्न आफनो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । देवदह आर्दश बहुमुखी क्याम्पस प्रमाणिकरण भएसंगै संभावनाको ढोका खुलेको उहाले बताउनुभयो ।