देवदह ।
रुपन्देहीको देवदह नगरपालिकामा सक्रिय रुपमा समाजसेवा गर्दै आएको लायन्स क्लब अफ देवदह प्रोफेसनल युथले नि:शुल्क मधुमेह परिक्षण शिविर सम्पन्न गरेको छ।
लायन्स क्लब इन्टरनेसनलका सस्थापक मेल्बिन जोन्सको १४५ औ जन्मोत्सवको अवसरमा रुपन्देहीको देवदह नगरपालिका वार्ड नं १ मा संचालित केरावानी खानेपानी उपभोक्ता समिति तथा सरसफाइ संस्थाको छैठो वार्षिक साधारण सभाको अवसर पारी नि:शुल्क मधुमेह तथा रक्तचाप परिक्षण गरेको हो।
सो परिक्षणमा १७१ जनाले सेवालाभ लिएका थिए र ३५ जनामा समस्या देखिएकोले थप परामर्शका लागि अस्पताल जान आग्रह गरिएको संस्थाका अध्यक्ष लायन कमल पौडेलले जानकारी गराउनु भएको थियो।