spot_img
spot_img
spot_img

प्रधानमन्त्री कप क्रिकेटमा आज लुम्बिनी प्रदेश विजयी

spot_img

बुटवल ।

भैरहवामा भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेल लुम्बिनी प्रदेशले जितेको छ । शनिबार सिद्धार्थ रंगशालामा टस जितेर फिल्डिङ रोजेको लुम्बिनीले एक सय १२ रनको लक्ष्य चार विकेट बाँकी छँदै पूरा गर्यो ।

पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ४२ ओभरको खेलमा ३४ दशमलव चार बलमै सबै विकेट गुमाउँदै एक सय ११ रन मात्र बनाउन सक्यो । उसका लागि करण पंगेनीले सर्वाधिक २८ रन, कृष्ण अहिर १९, समीर खड्का र अमृत गुरुङले समान १३-१३ रन बनाए ।

बलिङमा लुम्बिनीका अजय चौहानले पाँच, मोहम्मद हुसेनले दुई तथा कृष्ण कार्की, अभिषेक गौतम र नर सार्कीले समान एक-एक विकेट लिए । जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसको जितमा मिर्नाल गुरुङले ४७, मोहम्मद हुसेनले २१ र विराट भण्डारीले दश रन जोडे । बलिङतर्फ गण्डकीका विपिन खत्री र कमल परियारले समान तीन-तीन विकेट लिए । लुम्बिनीका अजय चौहान म्यान अफ दि म्याच घोषित भए । आइतबार कर्णाली र गण्डकी प्रदेश बीच हुनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img