spot_img
spot_img
spot_img

सात वर्षमा पहिलोपटक घट्यो चीनको निर्यात

spot_img

एजेन्सी ।

सन् २०२३ मा चीनको निर्यात घटेको छ । सो अवधिमा चीनबाट कूल ३३ खर्ब ८० अर्ब डलर बराबरको वस्तु निर्यात भएको छ । एक वर्ष अघिको तुलनामा सन् २०२३ मा ४ दशमलव ६ प्रतिशत कम भएको चीनको भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

विश्वभर माग सुस्ताएसँगै गएको वर्ष सन् २०१६ यता पहिलो पटक चीनको पूर्ण वार्षिक निर्यात घटेको हो । सन् २०२२ मा चीनको निर्यात एक वर्ष अघिको तुलनामा ७ प्रतिशतले बढेको थियो । अघिल्लो पटक चीनको सीमापार निर्यात सन् २०१६ मा ७ दशमलव ७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा आयात पनि साढे ५ प्रतिशतले घटेर २५ खर्ब ६० अर्ब डलरमा झरेको छ ।
सो अवधिमा बाँकी विश्वसँगको व्यापारमा चीनलाई ८ खर्ब २३ अर्ब डलर नाफा भएको थियो । गएको वर्ष विश्वको आर्थिक पुनः बहाली सुस्त रहेको भन्सार विभागका प्रवक्ता ल्यु दालियाङले बताएका थिए । बाह्य माग सुस्त रहँदा चीनको निर्यात प्रभावित भएको उनले बताए । माग कमजोर नै रहने भएकोले सन् २०२४ मा चीनको मागले कठिनाइको सामना गर्ने उनको भनाइ छ ।
वर्षभरिको निर्यात घटेको भए पनि डिसेम्बर महिनाको निर्यात गत वर्षको सोही अवधिको तुलनामा २ दशमलव ३ प्रतिशतले बढेको थियो । नोभेम्बर अघि चीनको निर्यात लगातार ६ महिनासम्म घटेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img