spot_img
spot_img
spot_img

हप्ताकाे पहिलो दिन शेयर बजार उच्च अङ्कले बढ्यो

spot_img

काठमाण्डौ ।

हप्ताकाे पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेर हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ६२ अङ्कले बढेर दुई हजार एक सय २० दशमलव ६२ विन्दुमा पुगेको हो ।

आज होटल तथा पर्यटनबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ भने ११ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक ‘सर्किट’ लागेको छ । समग्रमा बजार हरियाली भएको दिन आज मेगा म्युचल फन्ड–१ को शेयर साढे नौ प्रतिशतले घटेको छ । आज एक करोड ६६ लाख पाँच हजार कित्ता शेयर पाँच अर्ब ४५ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img