एजेन्सी ।
उत्तरपश्चिमी कोलम्बियामा भएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । आइतबार जारी आधिकारिक तथ्याङ्कअनुसार उद्धारकर्ताहरूले हराएका मानिसहरूको खोजी जारी राखेका छन।
यसअघि अधिकारीहरूले मेडेलिन र क्विब्डो सहरलाई जोड्ने सडकमा शुक्रबार भएको पहिरोबाट २३ जनाको मृत्यु भएको बताएका थिए । राष्ट्रपति गुस्ताभो पेट्रोले सबै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । यसैगरी पोप फ्रान्सिसले भ्याटिकनबाट पीडितहरूका लागि प्रार्थना गरेका थिए । सामाजिक सञ्जालमा साझा गरिएका भिडियोहरूमा पहाडको केही भाग ढलेर कारहरूको लाइनमा खसेको देखिन्छ । पहिरो खसेपछि लगत्तै केही मानिसहरू चिच्याएको आवाज सुनिन्छ ।