spot_img
spot_img
spot_img

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिए

spot_img

काठमाडौं ।

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा फेला परेका छन् । यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डीबी चौधरीले जानकारी दिनुभएको छ । पक्षी गणना गर्दा गत वर्ष देखिएका आठ प्रजातिका चराहरु यस वर्ष नदेखिएको र गत वर्ष नदेखिएका ६ प्रजातिका चराहरु यस वर्ष देखिएको जनाइएको छ ।

गत वर्ष देखिएका सिउरे डुबुल्की चरा, कलहाँस, ध्वाँसे सिङ कुखुरो, सिङ कुखुरो, हलीमुखे, जुरे हुटिट्याउँ, काली जुरेहाँस, स्वेत माछा यस वर्ष देखिएनन् भने गत वर्ष नदेखिएका सिन्दुरे हाँस, कैलो टाउके हाँस, अलक चन्द्रराज पुत्रिका, वन सुड सुडिया, ठूलो जलरङ्ग फेला परेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img