spot_img
spot_img
spot_img

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

spot_img

काठमाण्डौ ।

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार राति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार गएराति साढे १२ बजे उहाँको निधन भएको थियो ।

बिहीबार दिउँसो वैद्यको स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ बढी समस्या भएपछि अस्पताल लैजाने क्रममा उहाँको निधन भएको परिवारले जनाएको छ ।

७७ वर्षीय वैद्यलाई भर्खरै मात्र गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो । उहाँ नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुनुहुन्थ्यो ।

वैद्यका नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् । त्यसैगरी सपना भुलाइ सारा.., मेरा आँशुमा नहाँसे.., नेपाल मेरो उपहार भो.., लगायत गितका सर्जकले ३३ वर्ष सरकारी सेवामा बिताउनु भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img