spot_img
spot_img
spot_img

श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत

spot_img

काठमाडौं ।

श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । अहिले श्रीलङ्कामा इन्टरनेट प्रयोगकर्ता ५२ प्रतिशत पुगेका छन् । मोबाइल फोनको पहुँच एक सय ५० प्रतिशतभन्दा धेरै हुँदा इन्टरनेटको प्रयोग ५२ प्रतिशत पुगेको हो ।

कोलम्बोमा भएको एक सम्मेलनमा प्रविधि राज्य मन्त्री कनका हेरथले विश्वमा डिजिटल क्रान्ति तीव्र गतिमा अगाडि बढेको र आफ्नो देशले पनि डिजिटल मार्केटिङलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उहाँले देशको डिजिटल अर्थतन्त्रलाई ४ दशमलव ३ विलियन डलरबाट सन् २०३० अर्थात् अबको ६ वर्षमा १५ विलियन अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको समेत बताउनुभएको छ ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img